जब स्वीडेनका करोडपतिले जापानको चिया बगानमा मजदुरी थाले…(फोटो फिचर)

जापान । स्वीडनेको धनी परिवारमा जन्मेका आस्कर ब्रेकेललाई नपुग्दो केही थिएन । स्वीडेनको प्रतिष्ठित परिवारका उनी जापान घुम्न गएका थिए, उनको मन जापानी चिया बगानमा बस्यो ।

।  उनले निधो गरे की अब यही चिया बगानमा बस्छु । र उनले जापानको एक चिया अनुसन्धान केन्द्रमा काम गर्न थाले ।

उनले चियाको बीरुवा रोप्ने, पात टिप्ने र चिया निर्माण गर्नेसम्मका काम निकै रुचीका साथ सिके ।

उनले अहिले जापानको चियालाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने अभियान नै थालेका छन् ।

अहिले जापानको चिया विश्वका सय भन्दा बढी देशहरुमा निर्यात हुदै आएको छ भने यी स्वीडेनका नागरिकका कारण उनकै देशमा पनि जापानी चियाको माग अत्याधीक बढेको छ ।

प्रतिकृया दिनुहोस्

Recent Posts