जापानमा प्रदर्शन गरिने वहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को नयाँ प्रचार शैली

टोकियो । ओटु इभेन्ट्सले नयाँ शैलीको प्रचार प्रसारको सुरुवात गरेको छ ।

दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार र ८ अक्टोवर आइतवार नाकानो जिरो हलमा प्रदर्शन हुने वहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को नेपालीहरुको अत्याधिक चाप रहेको क्षेत्र शिन ओकुबोमा कारको पछाडि साईडको सिसामा फ्लेक्स टासेर प्रचार प्रसारमा जुटेको हो ।

बाढी र पहिरोमा परि हजारौं नेपालीहरुले संकट पूर्ण रुपमा जीवन यापन गरिरहेका बेला जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । साँझ ६:३० बजे सो सुरु हुने आयोजकले जनाएको छ ।

ओटु इभेन्ट्सले आयोजना गर्न लागेको चलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ । सो चलचित्र प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट भने सनराईज प्रोडक्सनले गर्ने भएको छ ।

इभेन्ट्सले गर्न लागेको सकारात्मक कामका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पनि चलचित्र प्रदर्शनका लागि सहयोग गर्ने प्रतिवद्वता जानी सकेको छ । इभेन्ट्सले आफूहरुले एनआरएनए मार्फत् नै सहयोग रकम नेपाल पठाउने जनाएको छ ।

इभेन्ट्स यति बेला आवश्यक सबै प्रकारका तयारीमा जुटेको छ । जापानमा क्रियाशील संघ संस्था र जापानमा रहेका नेपालीहरुलाई आफूहरुको पवित्र कार्यमा सहयोग गर्न पनि इभेन्ट्सले आग्रह गरेको छ ।

दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्