समाचार

जापानका प्रधानमन्त्री सिन्जो आबे संविधान संशोधन गर्ने पक्षमा

November 17, 2017 2:40 pm

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको बताएका छन् । उनले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिएका हुन् ।

जापानबाट राप्रपाको केन्द्रिय सदस्यमा शाही मनोनित

November 14, 2017 11:30 am

टोकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रिय सदस्यमा कलेन्द्र विक्रम शाहीलाई मनोनित गरेका छन् ।

किशोरीमाथि यौन दुराचार गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

November 8, 2017 5:18 pm

टोकियो । हाई स्कुल अध्ययनरत छात्रासंग यौन दुराचार गरेको आरोपमा १ वर्षपछि दुई नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ । सिजुओका प्रान्तको सिजुओका शहरमा बसोबास गर्ने दुई नेपाली जापानको नियम अनुसार यौन क्रियाकलाप गर्न नमिल्ने अर्थात उमेर नपुगेका हाई स्कुल पढ्ने छात्रासंग सो कार्य गरेको आरोपमा पक्राउ गरेको हो । एकले अपराध स्वीकार गरेका छन्...

अर्घाखाँची समाज जापानको दोश्रो अधिवेशन नोभेम्वर १६ मा हँदै

November 7, 2017 2:39 pm

  टोकियो। अर्घाखाँची समाज जापानको दोश्रो अधिवेशन नोभेम्बर १६ मा हुने भएको छ । अर्घाखाँचीबाट जापान आई जापानलाई आफ्नो कर्म थलो बनाईरहेका अर्घाखाँचेलीहरूलाई एउटै संस्था भित्र संगठित गर्ने उद्देश्य सहित गठित समाजले आफ्नो पहिलो कार्यकाल सम्पन्न गरेको छ । नोभेम्बर १६ मा टोकियो स्थित डबका नेपाली रेष्टुरेन्टमा राती१० बजे बाट हुने सम्मेलनमा...

जापानको ९८ औ प्रधानमन्त्रीमा पुन: सिन्जो आवे निर्वाचित

November 1, 2017 4:57 pm

टोकियो । जापानको ९८ औ प्रधानमन्त्रीमा पुन: सिन्जो आवे निर्वाचित भएका छन् । जापानको प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा आवे नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि आवेले चौथो पटक प्रधानमन्त्री पदको जिम्मेवार सम्हालेका हुन् । प्रधानमन्त्री आवेले केहि महिना पहिलाकै मन्त्री मण्डललाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री आवेले आफ्नो कार्यभार...

कानागावाको एक अपार्टबाट ९ जनाको लाससहित कोठामा बस्ने पक्राउ

October 31, 2017 12:31 pm

टोकियो । कानागावा केन जामा सीको एक अपार्टमा ९ जनाको लास भेटिएको छ । अमेरिकी सेनाको ब्यारेक नजिकैको अपार्टमा लासहरु टुक्रा टुक्रा बनाएर कुलर बक्सभित्र राखिएको अवस्थामा भेटिएको हो । ९ जनाको लास मध्ये एउटा लास टोकियो नजिकैको हाचियोजी सी बाट हराईरहेकी २३ बर्षीय महिला भएको पुष्टी भएको प्रहरीले जनाएको छ । टोकियो प्रहरीले कोठामा बस्ने २७ बर्षीय...

अब जापान उत्तर कोरियाको गतिविधि हेरेर मात्र बस्न सक्दैन

October 23, 2017 12:51 pm

जापानी प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको गठबन्धनको दुई तिहाई बहुमत ल्याए लगतै उत्तर कोरियासामु जापान नयाँ ढंगले प्रस्तुत हुने बताएका छन् । आइतबार सम्पन्न भएको मध्यावधि निवार्चनमा आफ्नो पार्टीको जित सुनिश्चित भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘मैले निर्वाचन अघि नै प्रतिबद्धता व्यक्त गरिसकेको थिए कि जापानले...

एनआरएनएको प्रवक्तामा घिमिरे नियूक्त

October 19, 2017 10:40 am

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन् । यस अघि दुई कार्यकाल आईसीसी सदस्य समेत रहिसकेका घिमिरेलाई संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिईएको हो । जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन् । १६...

एनआरएनए विश्व सम्मेलनः जापानबाट क–कस्को उदय, कस्को पराजय ?

October 17, 2017 5:15 pm

काठमाडौं । काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनले जापानमा रहेका एननआरएनएहरुका बीच खुसी छाएको छ ।

Recent Posts